नियम २२क
एउटामात्र बिमकको अभिकर्ता हुनु पर्ने
(१) बिमा अभिकर्ताले कुनै एउटामात्र बिमकको बिमा अभिकर्ता भई कार्य गर्न पाउनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बिमकले जीवन तथा निर्जीवनमध्ये कुनै एक बिमा व्यवसायमात्र संचालन गरेको भएमा त्यस्तो बिमकको बिमा अभिकर्ताले सो बिमकले संचालन नगरेको बिमा व्यवसाय संचालन गर्ने कुनै अर्को बिमकको बिमा अभिकर्ता समेत भई कार्य गर्न सक्नेछ ।